You are here
Home > अर्थ/बजार > फोटो खिचेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

फोटो खिचेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

१२ कार्तिक २०७४, आईतवार ०८:५२

रुकुम |

गाडीको छतमा यात्रु चढेको फोटो खिचेको भन्दै रुकुमका एक पत्रकारलाई दुव्र्यवहार सँगै सार्वजनिक रूपमा ज्यान मार्ने धम्की दिइएको छ। पत्रकार नारायण ओलीलाई सानीभेरी गाउँपालिका– ९ सिम्लीका यातायात व्यवसायी चक्र केसीले दुव्र्यबहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन्।

सानीभेरी गाउँपालिकाबाट सदरमुकाम मुसिकोट आउँदै गरेको जीपको छतमा कोचाकोच यात्रु बसेर यात्रा गरिरहेको फोटो खिचेर पत्रकार ओलीले प्रकाशन गरेपछि उनलाई धम्की दिइएको हो।

ओली प्रेस सेन्टर नेपाल रुकुमका कोषाध्यक्ष र नेपाल पत्रकार महासंघ रुकुमका सदस्यसमेत हुन्। यसैबीच प्रेस सेन्टर नेपाल रुकुमले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर भत्र्सना गर्दै  दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

समाजमा हुने हरेक किसिमका विकृति, विसंगति, अनियमितताबारेका समाचार संकलन, संप्रेषण, प्रकाशन तथा प्रसारण गर्नु सञ्चार माध्यम तथा सञ्चारकर्मीको दायित्व भएको उल्लेख गर्दै विज्ञप्तिमा दायित्व निर्वाह गर्ने क्रममा समाचार संकलन गरेको तथा फोटो खिचेकै कारण ओलीप्रति गरिएको दुव्र्यवहार र ज्यानै मार्ने धम्कीले पत्रकारले सजिलै काम गर्ने वातावरण छैन भन्ने प्रष्ट भएको उल्लेख गरिएको छ।

प्रेस सेन्टर नेपाल रुकुमका अध्यक्ष मेगराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नियम मिचेर काम गर्ने अनि उल्टै पत्रकाकारमाथि दुव्र्यवहार गर्दै ज्यान मार्नेसम्मको धम्की दिनुले आगामी दिनमा पनि त्यस क्षेत्रको रिपोर्टिङमा समस्या नहोला भन्न सकिन्न।

त्यसैले यस कार्यको घोर भत्र्सना गर्दै दोषी उपर कारबाहीको लागि स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ।’

थाहाखाबर