You are here
Home > राजनीति > माके भक्तपुरले प्रकाश दाहालकाे श्रद्दाञ्जली सभा ग-यो /नेपाल न्युज

माके भक्तपुरले प्रकाश दाहालकाे श्रद्दाञ्जली सभा ग-यो /नेपाल न्युज

५ मंसिर २०७४, मंगलवार ०७:१३

०५,कार्तिक

नेकपा(माओबादी केन्द्र) का केन्दृय अधक्ष्य पुष्पकमल दाहाल प्रचण्डका एक्ला छोरा साकार दाहाल( प्रकाश) को कार्तिक-३ गते बिहान ५.०० बजे हृदयघातका कारण असमायिक निधन भएको थियो। नर्भिक अस्पतालमा चिकित्सकले मृत्त घोषित गरेका प्रकाशको माओबादी केन्द्रका मुख्यालय पेरिसडाडामा श्रद्दान्जलि कार्यक्रम पश्चात् पशुपती  आर्यघाटमा हिन्दु सस्कार अनुसार अन्त्यस्टी गरेको थियो।

 

नेकपा ( माओबादी केन्द्र) ले प्रचण्ड पुत्र प्रकाशको निधनलाई पार्टिलाइ अतुलनिय क्षति पुगेको निष्कर्ष निकाल्दै कार्तिक – ५ गते देशैभरिका जिल्ला कार्यालयहरुमा श्रद्दान्जली कार्यक्रम राख्न निर्देशन गरेअनुरुप आज भक्तपुर जिल्ला पार्टिले जिल्ला पदाधकारीहरु तथा उल्लेख्य नेता कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

 

उक्त सभामा केन्द्रका सचिबालय सदस्य दिलिप प्रजापती(भीष्म) को प्रमुख आतिथ्यता तथा जिल्ला इन्चार्ज देबेन्द्र श्रेष्ठले कार्यक्रम सन्चालन गरेका थिए। प्रमुख अतिथी दिलिप प्रजापतिले श्रद्दान्जली शब्द राख्दै भने ‘प्रकाश प्रचण्ड पुत्र मात्र होइन, उहा पार्टिको सचिबालायको महत्वपुर्ण भुमिका खेलेको ब्यक्ती हुनुहुन्थ्यो’ । कार्यक्रम सन्चालनका क्रममा जिल्ला इन्चार्ज देबेन्द्र श्रेष्ठ ‘दिबाकार’  ले भने  “मानव जीवनको मृत्यु शाश्वत भएपनी मृत्युहरु फरक फरक हुन्छन, कपास भन्दा हलुङ्गो मृत्यु र हिमाल झै अटल र गर्हौ मृत्यु। कमरेड प्रकासले हिमाल झै विशाल र गर्हौ मृत्युबरण गर्नुभयो।जो सन्सारका थोरैले मात्र गर्छन ।”