You are here
Home > राजनीति > ओलिकै सामु आफ्नो जित हुने उदघोष गरिन लालकुमारी पुनले/ नेपाल न्युज

ओलिकै सामु आफ्नो जित हुने उदघोष गरिन लालकुमारी पुनले/ नेपाल न्युज

१९ मंसिर २०७४, मंगलवार ०८:३२

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्बाचन यहि आउदो २१ बिहिबार हुदैछ । यस निर्बाचनमा आफू र आफ्नो दललाइ जिताउन बलबुताले भ्याएसम्म प्रचारमा लागिपरे ।

आज १८ गते बेलुका १२ बजे देखि प्रचार – प्रसार , घरदैलो, चुनाबी सभा लगायत कुनै प्रकारको प्रचारात्मक गतिबिधी नपाउने गरि आचारसँहिता लागू हुनेछ । यस समयलाइ मौन अबधी भनिन्छ ।

मौन अबधिभर निर्बाचन अाचारसँहिता अनुरुप दलिय चुनाब चिन्ह सङ्केत गर्ने झण्डा, टिसर्ट, टोपी, स्टिकर, ब्याच जस्तो प्रचार जन्य सामग्री सार्बजनिक रुपमा प्रचार गर्न पाउने छैन । यदि गरेको खण्डमा आचारसँहिता उल्लङ्घन गरे बापतको कानुनी कार्बाहि हुने ब्यबस्था छ ।

प्रचारको अन्तिम दिन आज सबै दल बिशेसले देशैभरी चुनाबी सभाको आयोजना गरेका थिए । यहि सभालाइ अन्तिम सभाका रुपमा दलहरुले उपत्यकाका काठ्माडौ , लालितपुरमा समेत क्षेत्रीय सभाहरु सम्पन्न गरे । ललितपुरको चापागाउ (प्याङ्गाउ) मा पनि आज एक भब्य चुनाबी सभा आयोजाना गरिएको थियो । पुर्ब प्रधानमन्त्री एमाले अध्यक्ष केपि ओलि प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा बाम गठबन्धनका उल्लेख्य जिल्ला नेतृत्व तथा नेताहरु उपस्थित थिए ।

हजारौको सङ्ख्यामा रहेका नेता – कार्यकर्ता, समर्थक -शुभचिन्तक उपस्थित उक्त कार्यक्रम दिउँसो १ बजेबाट शुरु भएको थियो भने आउनेक्रममा बाजागाजा र परम्परागत झाँकी सहित नारबाजी सहित जुलुसको रुपमा कार्यक्रम स्थलमा उत्साहपुर्बक आइपुगेका थिए ।

सभालाइ सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी केपी शर्मा ओलिले बाम गठबनन्धनको जितलाइ कुनै ताकतले रोक्न नसक्ने बताए तथा दुबै दलका जिल्ला नेताहरुले पनि आपसी सदभाब र एकताको भाब जागृत भैसकेको हुदा दुबै पक्षबाट धोका नहुनेमा बिस्वस्त हुन उपस्थित मासलाइ अपिल गरे ।

सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको सभालाई सम्बोधन गर्दै ललितपुर १ ‘क’ का उम्मेद्वार लालकुमारी पुनले आफ्ना प्रतिद्वन्धिले जतिसुकै जित्ने जिकिर गरेको भएता पनि त्यो दिवास्वप्न मात्रै भएको साबित हुने बताए । २२ गतेको सुर्योदय सङ्गै आफ्नो जितको सुभसमाचार सुन्न पाउने भन्दै उपस्थित नेता कार्यकर्तालाइ
आश्वस्त पारे । मेरो प्रमुख प्रतिस्पर्धी मतदाताहरु माझ पैसाको ब्रीफकेस लिएर पुगेको आफुलाइ जानकारी आएको र अब आइन्दा यस्तो भेटिएमा वाइसियलको एस. टि. एफ. टिम ले त्यसलै जफत गरि सार्बजनिक गर्ने समेत बताए ।

पुनले प्रचारमा अहोरात्र खट्ने सम्पुर्ण जुझारु कमरेडहरु प्रती हार्दिक धन्यबाद ब्यक्त गर्दै त्यो योगदानको उच्च मुल्याङ्कन र कदर हुने समेत बताइन र अब ३ दिन यसरी नै खट्नको निम्ति विशेष अपिल गरिन ।

  • 167
    Shares