You are here
Home > Front News > बिप्लपकाे अड्डामा अनन्तले रात बिताए / नेपाल न्युज

बिप्लपकाे अड्डामा अनन्तले रात बिताए / नेपाल न्युज

२९ मंसिर २०७४, शुक्रबार १६:४५

रोल्पा, २९ मंसिर
प्रतिनिधिसभामा निर्वाचित भएपछि माअोवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्धमन्त्री वर्षमान पुन ‘अनन्त’ले थबाङ पुगेर मतदातालाई धन्यवाद लिएका छन् । थबाङमा एक रात बसेका अनन्तलाई पूर्व सांसद वरमान बुढालगायतले भव्य स्वागत गरे ।

अनन्तसँगै प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन, निवर्तमान सभामुख अोनसरी घर्ती पनि थबाङ पुगेका थिए ।

अनन्त जनयुद्धपछि पहिलो पटक थबाङमा रात बिताएका हुन् । उनले थकाङको ठूलोगाउँ र फुन्टिबाङ पुगेर आफूलाई मतदान गरेकोमा धन्यवाद दिदै थबाङलाई नमूना गाउँ बनाउने प्रतिबद्धता जनाए ।

अनन्तले मिरुल, कुरेली, राङसी, घर्तीगाउँ, जेलबाङ, पाङलगायतका मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिईरहेका छन् ।