You are here
Home > राजनीति > बिध्यार्थी नेताहरु ,निजि बिध्यालयकाे बिराेध गर्ने , अाफ्नै छाेराछाेरी निजि बिध्यालयमा पढाउने ! अाफ्नै सहकर्मीहरुकाे चर्काे बिराेध अब के हुन्छ ?

बिध्यार्थी नेताहरु ,निजि बिध्यालयकाे बिराेध गर्ने , अाफ्नै छाेराछाेरी निजि बिध्यालयमा पढाउने ! अाफ्नै सहकर्मीहरुकाे चर्काे बिराेध अब के हुन्छ ?

१५ बैशाख २०७५, शनिबार २२:४६

१५ वैशाख l नेपालमा निजी स्कुलहरुले शिक्षा निर्देशिका धज्जी उडाउदै मनोमानी ढंगले गरिएको विद्यालय भर्ना शुल्क खारेजीको माग गर्दै आन्दोलनको गरिरहेका बिद्यार्थी नेताहरु आफ्ना छोराछोरी भने निजि स्कुलमा पठाइरहेका छन् l

राजनीतिक पदको दुरुपयोग गर्दै कहलिएका बोर्डिंग स्कुलमा छोराछोरी पढाउने ति महान नेताहरु तिनै स्कुलको फी घटाउने एजेन्डामा सामाजिक संजालमा फोटो प्रदर्शन गर्दै चर्चित हुने जिजीबिषा बोकी बिभिन्न घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यमा तल्लिन रहेको बेला अखिल क्रान्तिकारी ४ न प्रदेशले केन्द्रबाट आउने कुनै कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको छ l

 

केन्द्रीय पदाधिकारी नेताहरुको छोराछोरीहरु अनिवार्य सरकारी बिध्यालय पढाउन नपठाए सम्म केन्द्रबाट आउने कुनै कार्यक्रम वा निर्देशन आफुलाई मान्य नहुने अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं संयोजक क्षितिज सापकोटाले जानकारी दिए l

सापकोटाले सर्वहारा पार्टीले यस्तो हर्कत नगर्ने आग्रह गर्दै ४ न प्रदेश र अरुले प्रदेशले पनि पहिला आफ्नै घर सफा गरेर अगाडि बढ्नु पर्ने बताए l सामाजिक संजाल मार्फत सापकोटाले दिएको निदेशनलाई जिबन पोखरेल कन्चनले जनपक्षीय निर्देशन भन्दै निरन्तरतामा क्रमभङ्गता गररे समग्र बिद्यार्थी आन्दोलन लाई दिशानिर्देश गर्न शुभकामना दिएका छन ।

महान तथा गौरबशाली संगठन अनेरास्ववियु, बीपीको समाजबादलाई भज्दै पूजीबादको नेतृत्व गर्ने नेपाली कांग्रेसको भात्रृ संगठन देखि देशमा सर्वहारा बर्गको दुहाई दिदै निजीकरणको विरुद्धमा बन्दुक उठाएको माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी रहेका छन l

 

अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामाले बौद्द स्थित इस्पोल नामक बोर्डिंग स्कुलमा छोरालाई पढाईरहेका छन् भने महासचिब ऐन महरले धापासी स्थित त्रियोग नामक बोर्डिंग स्कुलमा बच्चा पढाउने गरेका छन्।

यता ने.वि संघ का अध्यक्ष नैन सिंह महरले देशकै पूजिपतिले मात्रै आट गर्ने सक्ने ललितपुरको St. Xavier’s School मा बच्चा पढाउने गरेका छन् l

यसै गरि देशमा सर्वहारा बर्गको दुहाई दिदै निजीकरणको विरुद्धमा बन्दुक उठाउन सम्म पछि नपरेको माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष रंजित तामांग उपाध्यक्ष सुरेन्द्र बस्नेत , दिपक देवकोटा र पंचा सिहले पूजीबादको अखडा St. Xavier’s School /st. mary’s मा बालबच्चा पढउदै आएका छन् । त्यस्तै गरि उपाध्यक्षहरु तिलकराज भण्डारी र विजय गौतमका बच्चा बाश्नेवर स्थित रोज बर्ड बोर्डिंग स्कुलमा र महासचिब उत्तम अधिकारीको बच्चा बालाजु स्थित बलबाटिका बोर्डिंग स्कुलमा पढ्दै आएका छन् ।

 

आफै निजि स्कुल को बिरोध गर्ने, अनि आफ्ना छोराछोरीलाई भने तिनै निजि स्कुलमा पढाउने भन्दै सामाजिक संजालमा बिरोध जनाउदै युवाहरु…..
डेभिड ढकाल लेख्नुहुन्छ…

भिम भारती लेख्नुहुन्छ…

जियान पाण्डे लेख्नुहुन्छ

 

सुरेश भण्डारी लेख्नुहुन्छ….

अर्का युवा बिध्यार्थी नेता मदन कुमार गाैतम  र जस्मिने रेग्मी फरक प्रसंगमा लेख्छन ।

  • 48
    Shares