You are here
Home > Front News > रुकुम पूर्वमा जीप दुर्घटना, ४ जनाको मृत्यु !!!

रुकुम पूर्वमा जीप दुर्घटना, ४ जनाको मृत्यु !!!

२ श्रावण २०७५, बुधबार १५:४६

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

१०/११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको उनले जानकारी दिए ।

दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

  • 1
    Share