You are here
Home > Front News > पत्रकार महासंघका पूर्वमहासचिव मगर जीप दुर्घटनामा परि गम्भीर घाइते !!!

पत्रकार महासंघका पूर्वमहासचिव मगर जीप दुर्घटनामा परि गम्भीर घाइते !!!

२ श्रावण २०७५, बुधबार २२:२७

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय महासचिव तथा रिपब्लिका दैनिकका पत्रकार उजिर मगर गाडी दुर्घटनामा परेका छन् ।बागलुङबाट बुर्तिबाङ तर्फ जाँदै गर्दा गलकोटको रिंघा मजूवाखोलामा जिप दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । मगर को दाया हात मा र मुख मा गम्भीर चोट लागेको कारण बोल्न नसक्ने अवस्थामा छन् ।

जीप दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार मगर संगै ४ जना लाई  गलकोटस्थित आरोग्य अस्पतालमा प्रारम्भिक उपचारपछि धाैलागिरि अस्पताल, बागलुङ लगिएको छ भने १० जना घाइते लाई गलकोटमै उपचार गराइएको प्रहरीले जनाएको छ ।

 

 

  • 25
    Shares