You are here
Home > समाचार > पैसा होइन इज्जत कमाउने काम गरः एसएसपी लामा

पैसा होइन इज्जत कमाउने काम गरः एसएसपी लामा

३ भाद्र २०७५, आईतवार ०९:०५

 

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त कुमार लामाले मातहतका यूनिटका प्रहरी अधिकारीलाई २ घन्टा लामो ब्रिफिङ गरेका छन्। ब्रिफिङका क्रममा उनले शान्ति सुरक्षामा केन्द्रीत भइ पीडितको सेवा गरेर इज्जत कमाउन निर्देशन दिएका छन्।

उपत्यकाका वृत्त तथा प्रभागका प्रमुखहरुलाई शनिबार उनले निर्देशन दिदै उनले भने,‘मेरो जून नेचर छ, तपाईहरुले त्यही अनुसार काम गर्नुहुने छ भन्ने मेरो विश्वास छ,’ उनले भने,‘इज्जत कमाउने गरी काम गर्नुहोला।’

काठमाडौंमा प्रहरी प्रधान कार्यालयले क्षमतावान प्रहरीहरुलाई नै प्रहरीलाई पठाएकाले संगठनको छवी अझै जनताका सुधार हुने गरी काम गर्न उनले निर्देशन दिएका हुन्।

ब्रिफिङका क्रममा लामाले इन्चार्जहरुका समस्या सुनेका थिए।

शान्ति सुरक्षा टिममा निर्भर हुने भन्दै उनले काठमाडौं शान्त सहर बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए। ‘रामराज्य कतै सम्भव हुन्न,’ उनले भने,‘केही घटना हुन्छन्, तर घटना नै हुन नदिन निरन्तर लाग्नुपर्छ, घटना भएमा तत्काल प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाउनुपर्छ।’

प्रहरीलाई अझै राम्रो बनाउने बाहेक आफ्नो कुनै स्वार्थ नभएको भन्दै त्यहीअनुसार काम गर्न उनले निर्देशन दिएका छन्।

गृह मन्त्रालयले लामालाई परिसरमा सरुवा गरी परिसरका एसएसपी विश्वराज पोखरेललाई नयाँदिल्लीस्ति कन्सुलर कार्यालयमा पठाएको हो। लामाले शुक्रबार परिसरको कार्यभर बुझेका हुन्।