You are here
Home > प्रशासन > घरको छतबाट खसेर एक महिलाको मृत्यु

घरको छतबाट खसेर एक महिलाको मृत्यु

१४ भाद्र २०७५, बिहीबार १३:१८

नुवाकोट-घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।
घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो। फोहर सङ्कलन गर्ने गाडी आएपछि फोहर फाल्न घरको छतमा रहेको कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी थिइन्।

गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

  • 1
    Share