You are here
Home > प्रशासन > बिमस्टेकमा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सुरु

बिमस्टेकमा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सुरु

१५ भाद्र २०७५, शुक्रबार १०:४४

काठमाडौं-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) शुरु भएको छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट शुरु भएको हो ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका थिए ।

रिट्रिटलाई औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्ने गरिएको छ ।