You are here
Home > प्रशासन > डासापहरुलाई सरकारको अनुरोध “वार्तामा आउनुस्”

डासापहरुलाई सरकारको अनुरोध “वार्तामा आउनुस्”

१८ भाद्र २०७५, सोमबार ११:०८

काठमाण्डौ – गत भदौ १ देखि लागू गरिएको नयाँ मुलुकी संहितामा भएका व्यवस्थाप्रति असहमति जनाउँदै आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरलाई पाँच वर्षदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था संशोधनको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयले सोमबार वार्तामा बोलाएको हो।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठलाइ स्वास्थ्य मन्त्री आफैले फोन गरेर वार्ताको लागि मन्त्रालय आउन आग्रह गर्नु भएको छ।

  • 5
    Shares