You are here
Home > प्रशासन > नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)मा आज देखि छलफल हुँदै

नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)मा आज देखि छलफल हुँदै

२० भाद्र २०७५, बुधबार १२:३६

काठमाण्डौ -नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच आज र भोलि छलफल हुने भएको छ।

होटल सोल्टीमा हुने उक्त कार्यक्रममा सहभागी हुन चिनियाँ प्रतिनिधि मण्डल मंगलबार राजधानी आइपुगेको छ भने  चिनियाँ टोलीसँग गर्न नेपालको तर्फवाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु नेतृत्वको टोलीले दुई दिन छलफल गर्नेछ।

सहसचिब सैन्जुका अनुसार दुई देशबीच व्यापारका लागि प्रयोग हुने बन्दरगाह, रूट र मोडालिटीमा छलफल हुनेछ। ‘प्रोटोकलका सम्बन्धमा यसअघि ल्हासा र बेइजिङमा पनि छलफल भइसकेको छ। यो तेस्रो छलफल हो।

दुई वर्षअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर अहिलेसम्म त्यसको  प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन। गत असारमा प्रधानमन्त्री ओलीको चीन जाँदा प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिए पनि थप छलफल गर्नुपर्ने भएकाले  हस्ताक्षर हुन नसकेको बताइएको थियो। त्यसपछि प्रोटोकलका विषयमा छलफल गर्न नेपाली टोली चीन गएको थियो।

प्रोटोकलमा टुंगिएसँगै नेपाललाई चीनबाट सामान निर्यात गर्न थप सहजता हुनेछ।

  • 10
    Shares