You are here
Home > प्रशासन > हातहतियार सहित पक्राउ

हातहतियार सहित पक्राउ

४ पुष २०७५, बुधबार २०:३८

काठमाडौं , ४ पुस
धनुषा हंषपुर नगरपालिका-५ सुगानिकासस्थित मदिरा पसलबाट सोही नगरपालिका-७ बस्ने ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई  पेस्तोल १ थान, म्याग्जिन १ थान र सोही म्याग्जिनमा लोड भएको गोली ६ राउण्ड सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

उक्त मदिरा पसलमा मदिरा सेवन गरीरहेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीलाई पक्राउ गरेको  बुझिन्छ ।
सिराहा सखुवानन्कारकट्टी गाउँपालिका-१ लतियाईस्थित मौवाही-मिर्जापुर सडकबाट चोरी मुद्दाका फरार प्रतिवादी सोही ठाउँ बस्ने २७ वर्षीय रविन्द्र कुमार मण्डललाई कटुवा पेस्तोल १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रतिवादी  रविन्द्रलाई कम्मरमा बोकेको उक्त खाली पेस्तोल सहित प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मोरङ केराबारी गाउँपालिका-८ स्थित आमजुङी जंगलमाबाट २ नाल भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले शंकास्पद २ जनालाई नियन्त्रणमा लिने क्रममा उक्त हतियार फाली दुबै जना फरार भएपछि बरामद गरेको हो ।
फरार व्यक्तिहरुको  प्रहरीले खोजी गर्नुकासाथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • 1
    Share