You are here
Home > प्रशासन > प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाए आज पनि नेपाली कांग्रेसले सांसद अबरुद्ध गर्ने

प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाए आज पनि नेपाली कांग्रेसले सांसद अबरुद्ध गर्ने

२५ पुष २०७५, बुधबार १०:४९

काठमाण्डौ -प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन् । आज मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने जनाएको छ  ।

नेपाली कांग्रेस सांसद भीमसेन दास प्रधानका अनुसार ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्छौं ।’ कार्यव्यवस्थाको बैठक भने  मध्यान्ह १२ बजेलाई बोलाइएको छ ।

गत आइतबार संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न नपाएपछि कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरि सांसद अबरुद्ध गरेको थियो  ।

  • 8
    Shares