You are here
Home > साहित्य > ए उठ न हौ नारी हो !

ए उठ न हौ नारी हो !

२७ पुष २०७५, शुक्रबार १५:३०

भुपेन्द्रा बुढा मगर

ए उठ न हौ नारी हो, जाग न हौ नारी हो
कहिले सम्म यो नारी माथी गरिने अत्यचार र
विभेदको सिकार भएर बाँच्छौ, सहेर बस्छौ???

जब तिमि आमाको कोखबाट
पैदा हुन साथ तिमीलाई पहिलो पल्ट विभेद
गरियो ए छोरी पो जन्मेछ भनेर
बिस्तारै तिम्रो यौवन हुर्किने,फक्रीने क्रममा
जब रजस्वला भयौ,तिमिलाई घर भन्दा परको
गोठ्मा लखेटियो,नछुने भयो भनेर
त्यस पछि हुर्केको त्यो तिम्रो यौवन र स्तनलाई
देखेर, सिकारीहरु र्‍याल मात्र काडेनन्
आफ्नो यौन प्यास मेटाउने साधान पनि
बनाईछाडे तिमिलाई ति सिकारीहरुले
यि यस्तै यस्तै अनगिन्ती अत्याचार र विभेद
चुपचाप सहेका छौ तिमिले

दुनियामा असल महान ब्यक्तिहरु जन्माउने
तिमी नारीहरु नै हौ तर यहाँ यो समाजमा
गाईलाइ माता भन्दै पुजिइन्छ, कुकुरलाइ चुमिइन्छ
नारीलाई भने लात हानेर घर बाहिर निकालिइन्छ।
कहिले सम्म यो अत्यचार र विभेदको
सिकार भएर बाँच्छौ, सहेर बस्छौ???
ए नारी हो अब त उठ, अब त जाग
यो अत्यचार र विभेद चिर्नलाई,
स्वतन्त्र भई शान्तिको सास फेर्नलाई।।

  • 56
    Shares