You are here
Home > प्रशासन > स्वास्थ्यमा समस्या देखिए पछि डा.केसी अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिए पछि डा.केसी अस्पताल भर्ना

३० पुष २०७५, सोमबार ११:००

काठमाण्डौ- गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै सोही दिनबाट इलाम  पुगेर १६ औ अनसन सुरु गरेका डा.गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

डा. केसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई आज सोमबार बिहान इलाम अस्पतालमा भर्ना गरिएको हो ।

जिल्ला अस्पताल इलामका चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् ।