You are here
Home > प्रशासन > गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु,अन्य ३ जना भने सकुसल ।

गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु,अन्य ३ जना भने सकुसल ।

८ माघ २०७५, मंगलवार १७:०४

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको गाहाखोला नजिकै गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ।

ढुंगाले लागेर गम्भीर घाइते भएका पुतलीबजार नगरपालिका ३ का २८ वर्षीय प्रेम शर्माको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याएपछि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन्।  वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको ट्रकमाथि गुडिरहै अवस्थामा ढुंगाले लागेको थियो।

चालकसहित तीनजना रहेको ट्रकमा सवार अन्य दुईजना भने सकुसल छन्।