You are here
Home > प्रशासन > पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न परमादेश जारी

पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न परमादेश जारी

२९ माघ २०७५, मंगलवार १२:१४

काठमाण्डौ -कानुन व्यवसायी पदमबहादुर श्रेष्ठ  र षट्कोण  श्रेष्ठले पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्वन्वयन गरी पशुकल्याण सुनिश्चित  गर्नुपर्ने भन्दै हालेको रीट सुनुवाई गर्दै  पशु ढुवानी मापदण्ड २०६४ मा भएका व्यवस्था लागु गर्न सरकारको नामम परमादेश जारी भएको छ।

न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न कृषि तथा पशुपन्छी मन्त्रालय लगायतको नाममा परमादेश जारी गरेको हो।

पशु ढुवानी मापदण्ड २०६४ मा पशु ढुवानी गर्दा सजिलो र सहज हुने गरी गर्नुपर्ने, निर्दयी तरिकाले सवारीमा कोचेर ल्याउन नपाइने, नाक, पुच्छर, खुट्टामा डोरीले बाध्न नपाउने, ढुवानी गर्दा चरुवा बस्नु पर्ने, दानापानीको व्यवस्था गर्नु पर्ने जस्ता कुरा समेटीएका छन्।

उक्त रीटको आधारमा सर्वोच्च अदालतले पशु मन्त्रालय, पशु सेवा विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यलय लगायत ११ जना विपक्षीको नाममा उक्त ऎन लागु गर्न आदेश दिएको हो।

  • 5
    Shares