You are here
Home > समाचार > आज प्रणय दिवस, (भ्यालेनटाइन डे) किन, कसरी र कहिले देखी मनाउन थालियो हेर्नुहोस ।

आज प्रणय दिवस, (भ्यालेनटाइन डे) किन, कसरी र कहिले देखी मनाउन थालियो हेर्नुहोस ।

२ फाल्गुन २०७५, बिहीबार ०७:१५

आज नेपाल लगायत विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाईंदै छ । विश्वका युवा युवतीले आजको दिनलाई विशेष चाडका रुपमा मनाउने थालेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यो दिन प्रेमि प्रमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने प्रचलन पनि छन् । दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम हुँदैछन् ।

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day)14 february मा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । मायामा अडेको यो संसार, यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

  • 122
    Shares