You are here
Home > राजनीति > राजपा-फोरम एकता हल्ला बढि, छलफल कम

राजपा-फोरम एकता हल्ला बढि, छलफल कम

८ चैत्र २०७५, शुक्रबार ११:२८

काठमाण्डौ। केही दिनयता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको एकताको चर्चा सुरु भएको छ।

यी दुई दलले पार्टी एकताका लागि एकअर्का लाई आह्वान पनि गरिसकेका छन्। तर एकताका लागि केही शर्तहरु पनि अघि सारिएको बताइएको छ।

एक वर्षसम्म सरकारलाई समर्थन गरेर मन्त्रीमण्डलमै सहभागि हुने आशा राखेको राजपाले रेशम चौधरी प्रकरणमा आक्रोषित भएर समर्थन फिर्ता लिएको घोषणा गर्यो। आफ्ना सांसद रेशम चौधरीलाई अदातले टिकापुर काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि आक्रोषित बनेको राजपाले समर्थन फिर्ता लिएको थियो।

फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री सहित एक मन्त्रालय सम्हालेर बसेका छन्। तर उनी आफैँ सरकारको आलोचना गर्न पछि पर्दैनन्। यस्तो अवस्थामा दुई दलको एकताका लागि फोरम पनि सरकारबाट बाहिरिनुपर्ने शर्त राजपाले राखेको छ।

फोरमले राजपालाई औपचारिक रूपमा एकताका लागि पत्र नै काटेको छ। राजपाका केही शीर्ष नेताले पनि फोरमसँग एकताका लागि सार्वजनिक कार्यक्रममा प्रस्ताव अघि सारेका छन्। तर एकताका लागि त्यसबाहेक प्रक्रिया अघि बढेको छैन।

प्रदेश दुईमा मिलेर सरकार बनाएका फोरम र राजपा पछिल्लो समय धेरै मिलेको जस्तो देखिदैन। तर दुवैले तराई मधेशका एजेण्डालाई उठान गर्दै आएकाले जुनसुकै बेला एकता नगर्लान भन्न पनि सकिदैन।

  • 25
    Shares