You are here
Home > प्रशासन > धादिङमा १६४ किलो चरेस बरामद

धादिङमा १६४ किलो चरेस बरामद

८ चैत्र २०७५, शुक्रबार ११:४५

धादिङ। पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ।

भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नंको ट्रकमा लुकाए भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

काठमाडौं बाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा हालेर लुकाए लान लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो।

लागुऔषध चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ। गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।रासस

  • 76
    Shares