
अब हामी एक ढिक्का भै जनहरु जुटौं
मेरो दल हैन अब देश बनाउन उठौं
अब हामी सकारात्मक एक भै सबै जुटौं
हनुमानगिरी हैन अब देशभक्त चाहिँ बनौं
च्यात्तिएका सिमाहरु जोड्नलाई जुटौं
भत्किएका पिल्लरहरु ठड्याउनलाई उठौं
तेरो मेरो होइन साथी हाम्रो भन्दै जुटौं
पीडित र उत्पीडितलाई न्याय दिन उठौं
छोडौं अब पद र कुर्सि नेपाल मोह जोडौं
सम्झौं ती बलिवेदी सबको सम्मान गरौं
देश रहे जनता रहन्छ्न जनता रहे नेता
राज्यको ढुकुटीमा पल्क्यो ठुलो मुसा
इतिहासमा क्षति धेरै सहिन जननीले
बर्तमानमा ब्यथाहरु बने बेवारिसे
कहिले बन्ला यो देशमा हाम्रो राज्यसत्ता
महंगो भयो नेताज्यु तिमिले लिने भत्ता
यसैले जुट्नुपर्छ टुट्फुटहरु पहिले
त्यसपछी नेपाल हाम्रो रहिरहन्छ जहिले।।।
समय सान्दार्भिक कविताका लेखक लक्ष्मन चौलागाई बिद्रोही
- 101Shares