You are here
Home > समाचार > पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारा अनुगमनमा

पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री पर्सा र बारा अनुगमनमा

१८ चैत्र २०७५, सोमबार १०:३९

काठमान्डौ।प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री आज बिहानै सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

  • 5
    Shares