You are here
Home > प्रशासन > प्रदेश सरकारले हावाहुरी पीडितलाई भात खुवाउन सकेन भन्ने सिके राउतले प्रभावितलाई राहत कति सहयोग गरे?

प्रदेश सरकारले हावाहुरी पीडितलाई भात खुवाउन सकेन भन्ने सिके राउतले प्रभावितलाई राहत कति सहयोग गरे?

२१ चैत्र २०७५, बिहीबार १३:५०

काठमाडौं ।स्वतन्त्र मधेसको आन्दोलन त्यागेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।

प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन्।

उनले पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०र२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘बाराका हुरीपीडित जनताहरूलाई १० २० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो रु बहानाको पनि हद हुन्छ।

उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबै काम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन्।

प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।