You are here
Home > बिचार/अन्तरबार्ता > चैत २६ बिर्सिए सर्गै, गणतन्त्र आएको दिन पनि बिर्सने होकि?

चैत २६ बिर्सिए सर्गै, गणतन्त्र आएको दिन पनि बिर्सने होकि?

२६ चैत्र २०७५, मंगलवार १५:५९

काठमाडौं । २०६२–६३ को जनआन्दोलन सम्म निकै सम्झनामा रहेको चैत २६ को दिन बिस्तारै विर्सिदै गइरहेको छ।

२०४६ साल चैत २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले जनता लाई बहुदलसहितको प्रजातन्त्र दिएका थिए। लामो समयसम्म तत्कालीन दलहरुले गरेको जनआन्दोलन पछि मुलुकले बहुदल पाएको थियो।

वीरेन्द्रले राजसंस्था नै खतरामा पर्न सक्ने देखेपछि बहुदल स्वीकार्ने अवस्था आयको थियो। तर वीरेन्द्रको वंश नै नाश हुने गरी २०५८ जेठमा दरबार हत्याकाण्ड भए पछि एकाएक माहोल बदलिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको बागडोरमात्र सम्हालेनन् २०६१ माघ १९ गते शाही शासन नै लगाएका थिए । त्यसपछि फेरि दलहरु एकजुट भए र २०६२–६३ को दोस्रो जनआन्दोलन गरे। १९ दिनको रस्साकस्सी पछि २०६३ बैशाख ११ गते राजाले जनताको नासो जनतालाई फिर्ता दिए।

जसरी ज्ञानेन्द्रले सत्ता हत्याएका थिए त्यसरी नै राजसंस्था लाई पनि २०६४ को निर्वाचनले फाल्यो । लोकतन्त्र आयो, यो लोकतन्त्रले बहुदल लाई बिर्सिए सर्गै चैत २६ लाई पनि बिर्सिएको नै होत

परिवर्तनलाई सदूपयोग नगर्दा मुलुकले कुन रुप लिन्छ भन्ने पत्तो लगाउन कठिन पर्छ भनेझैं अहिले लोकतन्त्रको गति त्यस्तै भइरहेको छ।

यो कहाँ गएर रोकिन्छ भन्ने कुरामा अत्तोपत्तो छौन्। तर एक जना राजनीतिक विष्लेषकको मनोदशा पढ्न खोज्दा उनले भनेका थिए, अब विप्लव नेकपालाई प्रतिवन्ध लगाए पछि लोकतन्त्रको हैसियत उच्च भएको छ। यो लोकतन्त्र दलहरु लाई प्रतिवन्ध लगाउने भइसकेको छ। यसले पञ्चायतलाई पनि माथ दिन सक्छ। अब फेरि २००७ साल ल्याउनु पर्ने अवस्था भएको छ।

समयले बैशाख ११ लाई बिर्साएको छ, प्रजातन्त्र दिवस फागुन ७ लाई बिर्साएको छ, गणतन्त्र आएको दिन जेठ १५ लाई बिर्साउँदै गएको छ। चैत २६ त निकै पछाडि छोडिइसक्यो । कतै मुलुकले अर्को मितिको खोजी गरिरहेको त छैन रु

  • 4
    Shares