You are here
Home > अर्थ/बजार > वाइडबडी पछि अर्को ठूलो भ्रष्टाचार काण्डको खुलासा

वाइडबडी पछि अर्को ठूलो भ्रष्टाचार काण्डको खुलासा

३० चैत्र २०७५, शनिबार १२:०५

काठमाडौं ।महालेखा परीक्षक टंकमणि शर्माले मुलुकमा वाईडबडी पछि अर्को ठूलो भ्रष्टाचार काण्डको खुलासा गरेका छन्।

शुक्रबार राति टेलिभिजनबाट प्रशारण भएको एक कार्यक्रममा कुरा गर्दै शर्माले यस्तो खुलासा गरेका हुन्। उनले मुलुकमा पछिल्लो समय आर्थिक अनुशासन ध्वस्त भएको पनि दाबी गरे।

आर्थिक अनुशासन ध्वस्त देखिएको छ। महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ।

एकात्मक केन्द्रीय प्रणालीबाट संघीय संरचनामा प्रवेश गरेको नेपालको बेरुजै शैली पुरानै देखिएको मात्र होइन स्थानीय र प्रदेश तहको बेरुजु झन् बढेको छ। यो आकारको बेरुजु हिसाब गर्दा पनि कार्यालयले सबै सरकारी निकायको लेखा परीक्षण गर्न सकेको छैन।

संघीय निकायतर्फ ५ दशमलव २९ प्रतिशत बेरुजु देखिँदा प्रदेशमा ७ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ। स्थानीय तहमा भने ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ।

महालेखा परीक्षक कार्यालयका अनुसार यस वर्ष मात्रै १ खर्ब ६ अर्ब ३४ करोडभन्दा बढीको आर्थिक बेरुजु देखिएको छ। जबकी कार्यालयले ५१ खर्ब ६० अर्ब ९२ करोडको मात्रै लेखा परीक्षण गरेको हो।

संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको गरी ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको कार्यालयले जनाएको छ।

जसमा ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको हो।