You are here
Home > खेलकुद > आईसीसी-१९ विश्वकप एसिया छनोट: मलेसियामा माथि नेपालको शानदार जित

आईसीसी-१९ विश्वकप एसिया छनोट: मलेसियामा माथि नेपालको शानदार जित

२ बैशाख २०७६, सोमबार ११:३८

काठमाडौं। नेपाली यु १९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ।

आईसीसी १९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गरेको हो।

नेपालको जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए। उनले ४५ बलको सामना गरेर ५ चौका प्रहार गरे।

यस्तै, आसिफ शेखले २६, पवन शरार्फले १९ र कप्तान रोहित कूमार पौडेलले ६ रन मात्रै बनाए। नेपालविरुद्ध मलेसियाका अफिक सायकिर र सुक्रि मदेलीले समान एक एक विकेट लिए।

मलेसिायका लागि ९५ रन बनाउने क्रममा इज्जत डेनियल फिक्रिले ३७ रन बनाएका थिए। जीतसँगै अंकतालिकामा ४ अंक भएको छ। शीर्ष स्थानको युएईको ६ अंक रहँदा ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ।

  • 1
    Share