You are here
Home > कला > नेपालमा भित्रियो बिग बोस, नेपालकै ठूलो टीभि रियालिटी शो बन्ने दाबी

नेपालमा भित्रियो बिग बोस, नेपालकै ठूलो टीभि रियालिटी शो बन्ने दाबी

३ बैशाख २०७६, मंगलवार १७:२४

काठमाडौं। बिग बोस नेपाल प्रवेश गरेको छ। नेदरल्यान्डस्को इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस लाई आइम्याक्स प्रोडक्सनले नेपाल भित्र्याइएको हो।

कार्यक्रम नेपालको इतिहासमा अहिले सम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज टीभि रियालिटि सो हुने दाबी गरिएको छ।

यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ। यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ। कार्यक्रम प्रसारण हुने टेलिभिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन।

  • 1
    Share