You are here
Home > विचित्र संसार > तान्ने प्रथा अझै ! जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन्

तान्ने प्रथा अझै ! जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन्

४ बैशाख २०७६, बुधबार १०:५८

गोरखा। केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला। बहिनी र म गफ गर्दै सुतिरहेका थियौं।

एक्कासि कसैले ढोका ढक्ढक्यायो। हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें। बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो। ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें। ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो।

अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ। घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो। बाहिर उसको गाउँका केटा टन्नै रहेछन्। त्यसपछि मैले आमा र भाइलाई बोलाएँ। हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो।

भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे। आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए। अहिले बहिनी भागेर काठमाडौं गएकी छ ।उतै काम खोज्दै होली।

ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ। तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो।

लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे। उनी उम्केर भाग्न सकिनन्। केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो। अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन्। उतैबाट विदेश लागिन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

  • 11
    Shares