You are here
Home > राजनीति > ‘विप्लव’ बन्द : देशभरको जनजीवन प्रभावित

‘विप्लव’ बन्द : देशभरको जनजीवन प्रभावित

५ बैशाख २०७६, बिहीबार ०८:५९

काठमाडौं।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानी सहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ।

राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन्।

आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो।

विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ ।

  • 5
    Shares