You are here
Home > अर्थ/बजार > कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन तिव्र लबिङ

कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन तिव्र लबिङ

६ बैशाख २०७६, शुक्रबार ११:५२

काठमान्र्डौ । आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन तिव्र लबिङमा केही कर्मचारीहरु लागेका छन्। अघिल्लो आर्थिक बर्षको बजेटमा निजामती कर्मचारीहरुको तलब बढेन। सोही कारण कर्मचारीहरु सरकार र अर्थमन्त्री युवराज खतिवडासँग फायर भए। तिनै कर्मचारीलाई फकाउन सरकारले आगामी आर्थिक बर्षमा निजामती कर्मचारीको तलब बढाउने जनाइएको छ।

अहिले वजेट निर्माणको काम तिव्र गतिमा भइरहेको समयमा कर्मचारीको तलब बढाउन भन्दै आधिकारिक ट्रेड युनियनले तिव्र लबिङ थालेको छ। अर्थमन्त्रीसँग भेटेर उनीहरुले बजेट बढाउनका लागि आग्रह गरेको स्रोतको भनाई छ।

राष्ट्रियसभा बाट मनोनयन गरेर ल्याइएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी चैत्रसम्म मात्र रहेका कारण उनी लोकप्रिय बजेट बनाउने अभियानमा छन्। उनलाई जनप्रिय बजेट बनाउन पर्ने दबाब छ। त्यही कारण समेत अर्थमन्त्री डा युवराज खतिवडासमेत कर्मचारीको तलब बढाउने र कर्मचारीलाई नचिढाउने पक्षमा देखिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक पार्न भनेकै कर्मचारी भएका कारण कर्मचारीतन्त्रलाई हातमा लिनुपर्ने भएकाले पनि यसपाली कर्मचारीको तलब बढाउन कन्जुस्याई नगर्ने मनस्थितीमा ओली पुगेको स्रोतले बतायो। आधिकारिक ट्रेड युनियनका नेताहरुका अनुसार उनीहरुले मंहगी बढेका कारण २० प्रतिशतसम्म तलब बढाउन आग्रह गरेका छन्।