You are here
Home > प्रशासन > विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्ता पक्राउ

विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्ता पक्राउ

६ बैशाख २०७६, शुक्रबार १६:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेपाल सरकारसमक्ष प्रस्तुत हिन्दुराष्ट्र पुनर्स्थापना लगायत २२ बुँदे माग पूरा गराउन जारी जनसंघर्ष कार्यक्रमअन्तर्गत जनप्रदर्शन गरिरहेको छ।

राप्रपाले देशभरका जिल्ला सदरमुकामसहित काठमाठौंको रन्तपार्कस्थित शान्तिवाटिमा विरोध प्रदर्शन गरेको हो। राप्रपाले विरोध कार्यक्रममा धर्म निरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यमक्रम तय गरेको थियो।

यसैक्रममा राजधानीको शान्तिबाटिकामा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीका अध्यक्ष कमल थापालगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा उपस्थित थिए।