You are here
Home > विचित्र संसार > भारतका प्रधान न्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप

भारतका प्रधान न्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप

७ बैशाख २०७६, शनिबार १५:२९

नयाँ दिल्ली। भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोई माथि यौन उत्पीडनको आरोप लागेको छ।

रन्जनकै पूर्व जुनियर असिष्टेण्टले यौन उत्पीडिनको आरोप लगाएकी हुन्। बिबिसीका अनुसार, केही अनलाईनमा यो समाचार प्रकाशित भए पनि आज शनिबार सर्वोच्च अदालतमा तीन जना न्यायाधिशको बेन्च बसेको छ।

सुप्रिम कोर्टबारे रिपोर्टिङ गर्ने वरिष्ठ पत्रकार सुचित्र मोहन्तीलाई उदृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार, प्रधान न्यायाधिश रन्जन गोगोईकै अध्यक्षतामा न्यायाधिश अरुण मिश्राा र न्यायाधिश सञ्जीव खन्ना सहित तीन जनाको बेन्चले यो विषयमा छलफल गरेको छ।

यौन उत्पीडनको आरोप माथि प्रधान न्यायाधिश गोगोईले भने यसलाई न्यायपालिकालाई अस्थिर बनाउने षडयन्त्र बताएका छन्। “न्यायपालिकाको स्वतन्त्रता गम्भीर खतरामा छ। उनले बताए। गोगोइले यौन उत्पीडनको आरोप लगाउने महिलाका पछाडि केही शक्तिहरु रहेको दावी समेत गरेका छन्।

आरोप लगाउने महिलाले सुप्रिम कोर्टका सबै २२ जना न्यायाधिशलाई एउटा पत्र पठाएकी छिन्। पत्रमा गोगोईले जागिरको प्रलोभनमा यौन शोषण गर्न खोजेको र प्रस्ताव स्वीकार गर्न नमान्दा पद निकाला गर्नुका साथै परिवारलाई बिभिन्न किसिमले प्रताडित गरिएको उल्लेख गरेकी छिन्।

प्रधान न्यायाधिशले भने चारवटा वेभसाईट(स्क्रल, लिफलेट, वायर र कारवांले यो समाचार प्रकाशित गरेको र यीनिहरुको आपसी तार जोडिएको टिप्पणी गरेका छन्। आजको बेन्चले यो विषयमा कुनै आदेश भने पारित गरेको छैन। उनीहरुले मिडियासँग न्यायपालिकाको स्वतन्त्रताको रक्षाका लागि संयम राख्न भनेका छन्।