You are here
Home > खेलकुद > टोटनह्यामलाई झट्का, घरेलु मैदानमा पराजित

टोटनह्यामलाई झट्का, घरेलु मैदानमा पराजित

१५ बैशाख २०७६, आईतवार ०९:०९

एजेन्सी। बैशाख १५, २०७६ शीर्ष चारमा बलियो रहँदै च्याम्पियन्स लिग छनोटको सपना बनाएको टोटनह्यामलाई धक्का लागेको छ।

टोटनह्याम हट्सपुर पहिलो पटक आफ्नो नयाँ घरेलु मैदानमा पराजित भएको छ। वेस्टह्यामका मिशेल एन्टोनियोले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णयक बन्दा तेस्रो स्थानको टोटनह्यामले शीर्ष चारमा अझै प्रतिक्षा गर्नु पर्ने भएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि वेस्टह्यामलाई ६७ औं मिनेटमा एन्टोनियोले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए। टोटनह्यामले खेल सकिन् केहि समय बाँकी रहँदा गोलको राम्रो मौका चुकाउन पुग्यो।

वेस्टह्यामका फावियन बालबुएनाले भिन्सेन्ट जनसेनको हेडलाई गोललाइनबाट क्लीयर गरेपछि संभविात बराबरीको अबसरबाट पनि टोटनह्याम बन्चित भयो। जितसँगै वेस्टह्यामले ४ खेलको जितविहीन यात्रा अन्त गर्‍यो। वेस्टह्याम लिग अंक तालिकामा ४६ अंकका साथ ११ औं स्थानमा रहेको छ।