You are here
Home > Front News > अभिनेत्री दिशाले तोडिदिन् सलमान खानको ‘नो किसिङ पोलिसी’(हेर्नुहोस् भिडियो)

अभिनेत्री दिशाले तोडिदिन् सलमान खानको ‘नो किसिङ पोलिसी’(हेर्नुहोस् भिडियो)

१५ बैशाख २०७६, आईतवार २२:२१

काठमाडौं। बलिउड अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छिन्।

फिल्म भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन्।

सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’ लाई बन्देज नै गरेका छन् । तर सलमानको यो ‘नो किसिङ पोलिसी’ यो गीतमा भने तोडिएको छ।

उनले यस्तो सीन पहिलोपटक भने दिएका होइनन्। उनले सन् १९९६ मा रिलीज भएको फिल्म ‘जीत’ को एउटा गीतमा ‘अभी सास लेनेकी फुर्सद नही है’ मा करिश्मा कपूरसँग किस गरेका थिए।