You are here
Home > समाचार > केटी जिस्काएको निहूँमा ज्यान गएपछि १५ जना पक्राउ

केटी जिस्काएको निहूँमा ज्यान गएपछि १५ जना पक्राउ

१९ बैशाख २०७६, बिहीबार १७:२३

गोरखा। केटी जिस्क्याएको निहुँमा गोरखामा जन्ती र बेहुलीपक्षबीच भएको झडमा घाइते भएका एक जनाको मृत्यु भएको छ।

बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो।

गोरखाका एसपी भोला रावलले घटनामा संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।