You are here
Home > प्रशासन > नेत्रविक्रम चन्द नेतृत्व नेकपाका जिल्ला इन्चार्जसहित ४ जना जेल चलान

नेत्रविक्रम चन्द नेतृत्व नेकपाका जिल्ला इन्चार्जसहित ४ जना जेल चलान

२३ बैशाख २०७६, सोमबार २१:१७

संखुवासभा-नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित ४ जना जेल चलान भएका छन् । नेकपाका संखुवासभा इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनीता राई, सुजन विक र सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले बताएका छन्  ।

प्रहरीले गुरुङलाई गत चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले देव गुरुङ र सुनिता राईलाई ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा विस्फोट गराएको आरोप लगाएको छ ।

सुजन विक र संजय तामाङलाई हातहतियार खरखजाना तथा संगठित अपराधको मुद्दा लगाएको छ । अर्का जिल्ला सदस्य बुद्धिमान तामाङ भने ४० हजार धरौटी बुझाउन नसकेकाले कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ ।

बुद्धिमानलाई हातहतियार खरखजाना तथा संगठित अपराधको मुद्दा दर्ता भएको थियो । प्रहरीले पाँचखपन नगर इन्चार्ज भीम राईलाई धरौटी नबुझाएको भन्दै यसअघि नै कारागार चलान गरेको छ ।