You are here
Home > प्रशासन > अतिक्रमण भएका सार्वजनिक तथा सरकारी फिर्ता ल्याउन उच्चस्तरीय आयेग गठन

अतिक्रमण भएका सार्वजनिक तथा सरकारी फिर्ता ल्याउन उच्चस्तरीय आयेग गठन

२४ बैशाख २०७६, मंगलवार ११:४६

काठमाण्डौ -मन्त्रीपरिषद् बैठकले सोमबार अतिक्रमण भएका सार्वजनिक तथा सरकारी फिर्ता ल्याउन सर्वोच्च अदालतका पूर्वन्यायाधीन मोहनमणि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय  उच्चस्तरीय आयेग गठन गरेको छ।

नवगठित आयोगलाई सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउनेसम्मको अधिकार दिएको समितिका एक सदस्यले बताएका छन् ।

आयोगको सदस्यमा पूर्वसचिव जानकी बल्लव अधिकारी, भूमि अधिकारमर्मी जनक देउजा र दुर्गा दाहाल सदस्य रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शंकर बहादुर थापा चयन भएका छन्।

यसअघिका विभिन्न सरकारले सार्वजनिक तथा सरकारी जग्गा छानविन गर्न समिति र आयोग गठन गरेका थिए। तर, ती आयोगले तयार पारेका प्रतिवेदन अहिलेसम्म कार्यन्वयन हुन सकेका  भने छैनन्।