You are here
Home > प्रशासन > प्रतिनिधि सभा बैठकमा होहल्लाकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधि सभा बैठकमा होहल्लाकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२४ बैशाख २०७६, मंगलवार २१:३६

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले बोलेका शब्दको विषयलाई लिएर निकै हंगामा भएको छ।

मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए।सो क्रममा  संसदहरुलाई सभामुखले प्रश्न राख्न एक मिनटको समय दिएका थिए सो एक मिनटमा बिपक्षी संसदहरुले प्रधानमन्त्री माथि प्रश्नको वर्षा गरेका थिए।

लगत्तै जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छ’, भन्दै जवाफ दिन सुरू गरेका थिए।

तर प्रधानमन्त्री बोल्न सुरू गरे लगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले बिरोध  गरे। उनले प्रधानमन्त्रीले बोलेको  भाषा प्रति  प्रश्न उठाए। कांग्रेसको विरोधपछि पनि प्रधानमन्त्री अघि बढिरहे। उनले प्रश्नको खासै जवाफ दिएनन्। कांग्रेसले विरोध गरिनै रहेपछि उनी कड्किएर आफ्नो जवाफ टुङ्ग्याए।

लगत्तै सभामुखले नीति तथा कार्यक्रमा पेश भएका संशोधन निर्णयार्थ प्रस्तुत गरे। संशोधनहरू अस्वीकृत भए सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदा बहुमतले पारित भयो।