You are here
Home > प्रशासन > ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

३१ बैशाख २०७६, मंगलवार ११:४६

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मंगलबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  इँटा बोकेर टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक जानकी गाउँपालिका ५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरीको ज्यान गएको हो ।

दुर्घटना बिहान साढे ७ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । इँटा बोकेर नारायणपुरतर्फ गइरहेको ट्रयाक्टर लम्कीपुलबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरकेको प्रहरीको भनाइ छ ।

ट्रयाक्टरमा चालक मात्रै रहेको बुझिएको छ । मृतकको शव ट्रयाक्टरमुनि च्यापिएका कारण निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।