You are here
Home > कला > मेलिना राईको आवाजमा ‘परे परे मायामा

मेलिना राईको आवाजमा ‘परे परे मायामा

२४ जेष्ठ २०७६, शुक्रबार १८:२३

नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्को लोकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गोधुली।
भर्खरै उनको शब्दमा चर्चित गायिका मेलिना राईले “परे परे मायामा” भन्ने गीतमा स्वर भरेकी छिन् भने उनलाई बिराटनगर बासी डाक्टर मँजिल श्रेष्ठले साथ दिएका छन्।

डा ।मँजिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा निकाली सकेका छन्।

गीतमा चर्चित सँगीतकार भिम बि ।सी। को सँगीत रहेको छ भने बाबू प्रधानले सँगीत सँयोजन गरेका छन्।

पोखराको मनोरम दृष्यमा छाँयाङ्कन गरिएको म्युजिक भिडियो निकै आकर्शक बनेको छ।
भिडियोमा मदन घर्ती र सृजना जिसिको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाईको छायँकन रहेको छ।

फराज अर्पणको कलर तथा सम्पादन रहेको भिडियोमा बिक्रम तामाङको ब्यबस्थापन छ भने पुर्णीमा श्रेष्ठले कलाकारहरु लाई राम्रो बनाउने काम गरेकी छिन्। गीतलाई ओ ।यस। आर ।डिजिटलले बजारमा ल्याएको छ।