You are here
Home > Author: NepalNEWS Editor

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् ।  तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महिने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाएका हुन् । काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता

विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले शनिबार राति विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन्। उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला

आज कोरियन भाषाको परीक्षा हुदै ,कोरियामा के छ र युवा मरीहत्ते गर्छन ?

शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् । वर्षैपिच्छे कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढेको बढ्यै छ । तर, कामदारको कोटा खासै बढेको छैन । यसले प्रतिस्पर्धा कडा बन्दैछ भने युवा असफलताको कारण निराशा पनि झाँगिँदैछ

विप्लव नेकपाका नेता ‘आदर्श’ र ‘विश्व’लाई छाड्न सर्वोच्चको आदेश

केहि समय अगाडी थुनामा परेका चुडमणी र लालबहादुर लाई बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको हो ।   रिट निवेदनमाथि शुक्रबार भएको बहस माननीय न्यायाधिश इश्वर खतिवडा र तेज बहादुर केसीको संयुक्त इजलासले बन्दीद्वयलाई थुनामा राख्नुपर्ने कुनै आधार र कारण नभएको

मेलिना राईको आवाजमा ‘परे परे मायामा

नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्को लोकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गोधुली। भर्खरै उनको शब्दमा चर्चित गायिका मेलिना राईले “परे परे मायामा” भन्ने गीतमा स्वर भरेकी छिन् भने उनलाई बिराटनगर बासी डाक्टर मँजिल श्रेष्ठले साथ दिएका छन्। डा ।मँजिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा निकाली सकेका छन्। गीतमा

भारतको उत्तरप्रदेशमा भीषण हावाहुरी, १९ जनाको मृत्यु, ४८ घाइते

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्। उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए।

, गाउँगाउँमा जनताले पाउन थाले रोजगार ,ओली सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन्। भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए। कार्यक्रमबाट पहिलो

‘निगमको लापरवाहीको कारण नेपाल–जापान उडान स्थगित’

काठमाडौं– गैरआवासीय नेपाली संघ एनआरएनए  का पूर्वअध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् । उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको

कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण

कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गर्नुभयो ।

प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना रिहाइ

काठमाँण्डौँ । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये हालसम्म प्रहरी थानामा रहेका स्थानीय जनतामा निकै भिजेका युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना गए राति भएको सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहाइ हुँदैछन् । प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर

ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मंगलबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  इँटा बोकेर टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक जानकी गाउँपालिका ५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरीको ज्यान गएको हो । दुर्घटना बिहान साढे ७ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भियतनाम र कम्बोडिया भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाका लागि उडेका लागि उडेका छन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली आज विहीबार त्यसतर्फ उडेका हुन्। वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी

भारतसंग जोडिएका कपिलबस्तुको सिमानाका ३ दिन बन्द रहने

कपिलबस्तु -भारतमा हाल भैरहेको पार्लियामेन्ट चुनाव नेपालको कपिलबस्तुसंग  जोडिएका सिद्धार्थनगर जिल्लामा पनि हुनगइरहेकोले कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले  आगामी मिति २०७६/०१/२७ गते बिहान ७:०० बजे देखि मिति २०७६/०१/२९ बेलुकी ५:०० बजे सम्मको लागि सिमा नाका बन्द रहने सूचना जारी गरेको छ /

ब्यबसायीहरुको धम्की,‘पूरानो बक्यौता तिर्नुपरे उद्योग धराशयी हुन्छन्’ -अध्यक्ष भवानी राणा

उद्योगी, व्यवसायीले पूरानो विद्युत् महसुल तिर्न नसक्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिदेखिको बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी÷व्यवसायी एकजुट भएर त्यसको विरोध गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी विद्युत् प्राधिकरणले नियमविपरित २०७३ सालदेखिको बक्यौताको बिल पठाएको

प्रतिनिधि सभा बैठकमा होहल्लाकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले बोलेका शब्दको विषयलाई लिएर निकै हंगामा भएको छ। मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए।सो क्रममा  संसदहरुलाई सभामुखले प्रश्न राख्न एक मिनटको समय दिएका थिए सो एक मिनटमा बिपक्षी संसदहरुले प्रधानमन्त्री माथि प्रश्नको वर्षा गरेका थिए। लगत्तै जवाफ

सुरु भयो रमदान महिना ..

आज देखि सुरु भयो रमदान महिना ! रमदानसँगै मुस्लिम सामुदायमा उल्लास छाएको छ। यो एक महिने अवधिमा धर्मलम्बीले आफ्नै परीक्षा लिन्छन्, सहिष्णुता र धैर्यताको। रोजा धर्मालम्बीहरुका लागि एउटा त्याग र समर्पण हो। मुस्लिम धर्मका अनुसार रमदान महिनाभर सात वर्षमाथिका सबै व्यक्ति रोजा बस्नुपर्छ। मुसलमानका पाँच महत्वपूर्ण काम मध्ये रोजा, नमाज, जकात

सर्बोच्चको अन्तरिम आदेशले एनसेललाई राहत

एनसेलले ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च अदातलमा  यहि बैशाख ९ मा रिट दायर गरेको थियो। उक्त विषयमा आज मंगलबार सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर चुक्ता गर्न आनकानी गरिरहेको एनसेलको पक्षमा अन्तरिम आदेश जारी भएको हो । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र

विमानस्थलमा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ। हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो। दिउँसो १:४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए। जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा

अतिक्रमण भएका सार्वजनिक तथा सरकारी फिर्ता ल्याउन उच्चस्तरीय आयेग गठन

काठमाण्डौ -मन्त्रीपरिषद् बैठकले सोमबार अतिक्रमण भएका सार्वजनिक तथा सरकारी फिर्ता ल्याउन सर्वोच्च अदालतका पूर्वन्यायाधीन मोहनमणि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय  उच्चस्तरीय आयेग गठन गरेको छ। नवगठित आयोगलाई सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउनेसम्मको अधिकार दिएको समितिका एक सदस्यले बताएका छन् । आयोगको सदस्यमा पूर्वसचिव जानकी बल्लव अधिकारी, भूमि अधिकारमर्मी जनक देउजा र दुर्गा दाहाल

साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। आधा घाँटी