२५ श्रावण २०७७, आइतबार ००:००


इटालियन फुटबल लिग बिजेता युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो।

क्लबले शनिबार साँझ आफ्नो वेबसाइटमा सार्रीलाई पदमुक्त गरिएको उल्लेख गर्दै उनले गरेको योगदानका लागि धन्यवाद दिएको छ।

युभेन्टसले शनिबार सबेरै बिहान आफ्नै मैदानमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनमाथि २(१ गोलको जित निकाले पनि त्यो जित अन्तिम ८ मा पुग्न पर्याप्त भएन। पहिले लेगमा १(० गोलको हार व्यहोरेको युभेन्टस् समग्रमा २(२ गोलको नतिजा निकाले पनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो।

सार्रीले यो सिजनको शुरुआतमा युभेन्टसको टीम सम्हालेका थिए। उनको प्रशिक्षणमा क्लबले इटालियन लिग सिरी ए को उपाधि जितेको थियो। इटली फर्कनुअघि सार्रीलाई इंग्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो।

क्रिष्टियानो रोनाल्डोलगायत विश्व फुटबलका स्टार खेलाडीहरु अनुबन्ध गरेको युभेन्टसले यूरोपको सबभन्दा ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा धक्का लागेपछि तत्काल प्रशिक्षकलाई बर्खास्त गरेको टिप्पणी भइरहेको छ।