जनकपुरधाम जनकपुरधामबाट पेस्तोलसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का २१ वर्षीय सुजित यादवलाई चिनीमा लुकाएर बेच्न लैजादै गरेको समयमा धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका १० बाह्रबिघा रङ्गभुमि मैदान नजिकैबाट रिक्सा चढी जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
४.५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन १ थानसहित नियन्त्रणमा लिएको मिश्रले बताए। गोप्य सूचनाको आधारमा बाह्रबिघाबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।