काठमाडौं । दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत फेला परेका छन् । शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय (सई) ध्रुव रावल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय, हुतीको लागि सरुवा भएका उनी राति होटलमा बास बसेको कार्यालयक प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । सरुवा भएर जाँदै हुनुहुन्थ्यो । राति होटलमा बास बस्नुभएको थियो । उनले भने बिहानपख होटलको बाथरुम बाहिर लडेको अवस्थामा भेटिनुभएको थियो ।

उनलाई जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । त्यहाँ पुग्दा डाक्टरहरुले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो ।