• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १३:०३
सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’
Share
Tweet
Share
0 Shares

१२ साउन २०७७, काठमाडौँ

पल शाह, नेपाली चलचित्र जगतको लोकप्रिय नाम । उनी ह्याण्डसम छन्, फेमस छन्, बजारमा उनको डिमाण्ड र पारिश्रमिक हाई छ । हेर्दा सबैलाई लाग्छ, ‘अरे१लाइफ होस् त पल शाहको जस्तो । नाम, दाम, सम्मान सबैथोक छ, कुनै कुराको कमी नै छैन’ । पललाई हेर्दा जो कोहीले पनि सोच्ने यस्तै नै हो ।

उनको रङ्गीन जीन्दगी सबैले देख्न सक्छन् । तर यहि जीन्दगी बनाउन पलभित्र रहेको पूर्णविक्रम शाहले गरेको संघर्ष सायदै कसैले देखेका छन् । हो, पल शाहको वास्तविक नाम पल नभएर पूर्ण विक्रम शाह हो ।

दाङमा जन्मिएका पूर्ण विक्रम शाह सामान्य परिवारबाट हुन् । उनी सानो छदाँ उनको घरमा टिभी थिएन । छिमेकीको घरमा भागेर टेलिश्रृङ्खला हेर्न जान्थे । टेलिश्रृखंला सकिएपछि प्राविधिक र कलाकारको नाम आउँथ्यो । त्यहीँ उनले आफ्नो छिमेकी दाईको नाम प्राविधिकको नामको सुचीमा देखे । उनका छिमेकी दाई टेलिभिजनमा भिडियो सम्पादक थिए ।

सायद टेलिभिजनमा नाम आउने भएर होला गाउँभरि नै ती दाईको खुबै नै प्रशंसा हुन्थ्यो । त्यतिबेला नै पूर्ण बिक्रमलाई लाग्यो, ‘नाम कमाउन त सम्पादक पो बन्नुपर्ने रहेछ’ । उनले त्यतिबेलै भविष्यमा सम्पादक बन्ने सपना बुन्न थालिसकेका थिए ।

कक्षा ९ मा पढ्दै गर्दा उनले सोचे, ‘अब एसएलसी दिएर काठमाडौँ जान्छु अनि तिनै दाईलाई भनेर म पनि सम्पादनको काम गर्छु’ ।

हेर्दा हेर्दै पूर्ण विक्रम शाहको एसएलसी सकियो । त्यसपछि उनले बुबालाई भने, ‘बुबा म अब काठमाडौँ जान्छु’ । तर बुबाको सपना पूर्ण विक्रमलाई भिडियो सम्पादक भएर सेकेण्ड लेफ्टिनेन्ट बनाउने थियो । जसका कारण उनले पलको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । पूर्ण विक्रमका पिताले उनलाई प्लस टु को परीक्षा दिइसकेपछि मात्र काठमाडौँ जाने आदेश दिए ।

तर कलिलै उमेरको जिद्दी केटालाई केही गर्दा नमानेपछि बुबाले पनि पूर्ण विक्रमलाई काठमाडौँ जाने अनुमति दिए । तर बुबा कत्तिपनि खुसी थिएनन्, उनको सपना जो तोडिएको थियो ।

पूर्ण आफैले सोचेकासम्म थिएनन् होला, काठमाडौँ आएपछि कहिल्यै कल्पनासम्म नगरेको संघर्ष उनले गर्नुपर्छ भनेर । १६ बर्षे जवान ठिटो एसएलसी पास गरेर केही बन्ने सपना लिएर काठमाडौँ छिर्यो ।

काठमाडौँ आएपछि उनी सानिमाको छोरीसँग बस्न थाले । बिहान उनी कलेज पढ्न जान्थे अनि दिउँसोको समयमा नितिन चन्दको अफिस पुग्थे । नितिन चन्द चर्चित सम्पादक हुन् जो अहिले चलचित्रको निर्देशक नै भैसकेका छन्, पललाई यो क्षेत्रमा स्थापित गराउन उनको सबैभन्दा ठूलो हात छ । नितिन चन्दले भिडियो सम्पादन गर्दा पूर्ण विक्रम हेरिरहन्थे । जब सबैजना सुत्थे, त्यतिबेला मात्र पूर्ण विक्रमले कम्युटर छुन पाउँथे । नितिन चन्दले उनलाई त्यसरी नै लुकीछुपी सम्पादनको काम सिकाइदिए ।

काम सिकिसकेपछि पूर्ण विक्रमले सम्पादनको काम पाए । चार महिनासम्म उनले काम गरे । तर बिडम्बना काम दिने साहु नै भागिदियो । न त उनको जागिर नै रह्यो न त काम गरेको पैसा नै पाए । त्यतिबेला पैसा माग्ने हिम्मत थिएन उनको, घरमा पनि फोन गरेर काम गर्न थालिसके, अब मलाई पैसा नपठाउँदा हुन्छ भनिसकेका थिए । तर उनलाई के थाहा त्यस्तो हुन्छ भनेर । घरमा उनको आमाबुबासँग सामान्य कुरा हुन्थ्यो तर बुबा अझैपनि उनीसँग रिसाइ नै रहेका थिए ।

त्यसपछि उनले नेपाल टेलिभिजनमा काम गर्न थाले । अनि त उनको नाम पनि नेपाल टेलिभिजनमा आउन थाल्यो । त्यतिबेला उनले मात्र ३५ सय रुपैँयाा तलब पाउँथे । उनको लागि त्यो नै ठूलो कुरा थियो । जति जे नै भएपनि बाबुको मन हो सन्तानसँग कहाँ सधैँ रिस उठ्छ र रु छोराको नाम टेलिभिजनमा देख्दा पूर्ण विक्रमको बुबाको खुसीको सीमा नै थिएन ।

त्यसपछि पूर्ण विक्रमले भर्खरै खुलेको तराई टेलिभिजनमा काम गर्न थाले । तराई टेलिभिजनमा काम गर्न थालेपछि उनले दिदिको घर छोडेर काठमाडौँमा आफ्नै डेरा समेत लिइसकेका थिए । त्यसपछि उनले आमा र बहिनीलाई पनि काठमाडौँ ल्याए । तराई टेलिभिजनमा काम गर्दा ११ महिनाको तलब पूर्ण विक्रमले पाएनन्, त्यसपछि काम नै छोडिदिए ।

अलि अलि भिडियो सम्पादन गरेको खर्चले उनले कोठा छोडेर काठमाडौँमा फ्ल्याट लिए । तर उनीसँग फ्ल्याटको भाडा तिर्ने पैसा सम्म हुदैँनथ्यो । यतिसम्म की उनीसँग खाजा खाने २० रुपैँया समेत हुदैँनथ्यो । आज यो कुरा सम्झदाँ उनको मन सिरिङ्ग भएर आउँछ कि उनले काठमाडौँका धेरै गल्लीमा उधारो खाजा खाएका छन् । साथीको बर्थडे मा समेत जादैँनथे उनी, गिफ्ट किन्ने पैसा जो हुदैनथ्यो ।

लगभग १ बर्ष उनले यस्तै समस्यामा कटाए । पिडा निकै लुकाउन सक्ने मान्छे पूर्ण विक्रम, जति नै दुख पाएपनि उनले आफ्नो दुख आमा र बहिनीलाई कहिल्यै पनि देखाएनन् । भाडा तिर्न नसक्दा घरबेटी निकालिदिदाँ आमा र बहिनीलाई केही समयको लागि सानो कोठामा बस्ने भन्दै अन्तै लगेर राखेका थिए ।

भनिन्छ नि, संघर्ष गर्ने मान्छेको हार कहिल्यै पनि हुदैँन । चकलेटी अनुहारका पूर्ण विक्रमलाई भिडियो सम्पादनको काम गर्दा गर्दै म्यूजिक भिडियोको अफर आयो । जीवनमा उनले मोडलिङमा लाग्छु भनेर सोचेका थिएनन् । तर सायद अभिनेता बन्नु पलको भाग्यमा नै थियो जसका कारण उनले मोडल बन्ने अफर पाए ।

उनको पहिलो गीत चलेन । तरपनि उनलाई दोस्रो पटक ‘को होला त्यो’ रु गीतमा काम गर्ने अफर आयो । जुन गीत असाध्यै हिट भयो र पूर्ण विक्रमको जताततै खोजी हुन थाल्यो । म्यूजिक भिडियोमा काम गर्ने बेलासम्म उनी पूर्ण विक्रम बाट पल बनिसकेका थिए ।

मोर्डन जमाना हो, सबैलाई अलि युनिक नाम नै मनपर्छ । पलको साथीहरुले उनको नाम पर्ल राख्न भनेका थिए, जसको मतलब हो ‘मोती’ तर भन्न अप्ठ्यारो हुने भएकाले उनको नाम पल भयो ।

‘को होला त्यो’ गीतमा काम गरेपछि पलले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । त्यसपछिका उनका धेरै गीतहरु हिट हुदैँ गए र उनी दर्शकको दिलमा राज गर्न थाले । ३ बर्षको अन्तरालमा पलले ४ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरे ।

पलको जीवनमा उनले नसोचेको कुराहरु मात्र भयो । उनले मोडल बन्छु कहिल्यै सोचेका थिएनन्, मोडल बनेरै उनले लाखौँ फ्यान कमाए । मोडलपछि अभिनेता बन्छु उनलाई कहिल्यै लागेको थिएन तर आज अभिनेता बनेपछि उनको चर्चा चुलिएको छ ।

म्यूजिक भिडियोमा काम गर्दा गर्दै उनले चलचित्र ‘नाई नभन्नु ल ४’ मा काम गर्ने मौका पाए । पहिलो चलचित्रमा नै उनको कामको यति प्रशंसा भयो कि उनले अवार्ड समेत पाए । त्यसपछि उनले ‘जोनी जेन्टलम्यान’, ‘म यस्तो गीत गाउँछु’, ‘शत्रु गते’ जस्ता चलचित्रमा काम गरे । सबै चलचित्रबाट उनले दर्शकको माया पाउँदै गए ।

पलले कहिल्यै अभिनयको कक्षा लिएनन् । उनले अभिनय गर्न जति जाने आफ्नो जीवनको भोगाईबाट जाने । उनी भन्छन्, ‘मलाई जीवन नै अभिनयजस्तो लाग्छ,’ पल भन्छन्, ‘म तपाईंको अगाडि जसरी बसिरहेको छु, घरमा यसरी बस्दिनँ। तपाईंसँग जसरी बोलिरहेको छु, घरमा त्यसरी बोल्दिनँ। अर्थात्, म हरेक ठाउँमा अभिनय गरिरहेको हुन्छु। म मात्र हैन, हरेक मान्छे अभिनय गरिरहेको हुन्छ। जीवन नै फिल्म अभिनयको ठूलो पाठशाला हो। मैले संघर्षका दिनमा भोगेको अभावले मलाई धेरैखाले अभिनय गर्न सिकाएको छ।’

कुनै समयमा काठमाडौँमा खाजा खान नसक्ने पल आज आफ्नै गाडी लिएर हिड्छन । उनी तिनै गल्लीमा हिड्छन्, जहाँ उनले उधारो खाजा खाने गर्थे । आज पनि ती बाटो हिड्दा उनलाई आफ्नो संघर्षका दिनहरु झलझली याद आउँछ ।

अहिले समय फेरिएको छ । जसरी पलको रुप अनि पहिचान फेरिएको छ । पल शाह धेरैजनाको लागि प्रेरणा बनेका छन् । जीवनमा संघर्ष गर्ने मानिसको कहिल्यै हार हुदैँन भन्ने कुराको जीवन्त उदाहरण पल भनेका छन् । आज उनी सम्पन्न छन्, तर उनीमा घमण्ड कत्तिपनि छैन । उनी आफूलाई स्टार ठान्दैनन् । अहिले पनि पलमा काम गर्ने जोस र जागँर त्यस्तै छ जस्तो पहिले थियो ।

Facebook Comments
Share
Tweet
Share
0 Shares
aanandapun

aanandapun

आनन्द पुन नेपाली समसामयिक राजनितिक बिषयमा कलम चलाउनु हुन्छ । लामो समयदेखी सक्रिय पत्रकारीतामा लागेका पुनले हाल नेपाल न्युज डट प्रेस , नेपाल टक र परिवर्तन खबरमा सम्पादकको भुमिकामा काम गर्दछन ।

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १३:०३
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १३:०३
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १३:०३
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १३:०३
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.